Saturday, 20th June, 2026
वि.स.

थप २६६ जनालाई कोरोना, ४००संक्रमित कोरोनामुक्त

corona-virous-1610880242.jpg

 पछिल्लो २४ घण्टामा देशभर २६६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ६ हजार ४९२ जनाको पीसीआर परीक्षण भएकोमा २६६ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६१ हजार ४४४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ४ सय जनाले कोरोना जिते ।

यसैगरी २४ घण्टामा ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९५९ पुगेको छ  । आज सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको रहेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०