Wednesday, 17th June, 2026
वि.स.

थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि

corona-photo-1601203882.jpg

पछिल्लो २४ घण्टामा १५ सय ७३ जनामा संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। 

१९ हजार १९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ३२१ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ६९८ जना छन्। यस्तै क्वारेन्टाइनमा ६ हजार २८१ जना रहेका छन्। 

मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १०  हजार १२३ पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५३ हजार ८२८ पुगेको छ। 

नेपालमा कोरोनाबाट हालसम्म ४७७ जनाको मृत्यु भएको छ। आइतबार मात्रै  १० जनाको मृत्यु भएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०