Friday, 19th June, 2026
वि.स.

थप १३४३ जनामा कोरोना सङ्क्रमण, २१११ जना डिस्चार्ज

corona-virous-1606991717.jpg

नेपालमा कोरोना भाइरस ९कोभिड–१९० का सङ्क्रमितको सङ्ख्या दुई लाख ३७ हजार पाँच सय ८९ पुगेको छ । बिहीबार थप एक हजार तीन सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै गएको २४ घण्टामा दुई हजार एक सय ११ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख २० हजार एक सय ६१ पुगेको छ ।  

अब नेपालमा १५ हजार सात सय ६६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच सय ७६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा थप १३ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार पाँच सय ५१ पुगेको छ ।   



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०