Tuesday, 16th June, 2026
वि.स.

थप १०० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

gautam-1595415133.jpg

 नेपालमा १०० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको बुधबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या १८ हजार ९४ पुगेको जनाए । सोही अवधिमा २०७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । यो समेत कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ६८४ पुगेको छ ।

यसैगरी बुधबार कोरोना संक्रमणबाट २ जनाको म‌ृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको  मन्त्रालयले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०