Monday, 15th June, 2026
वि.स.

त्रिविको उपकुलपतिमा धर्मकान्त बाँस्कोटा नियुक्त

त्रिविका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको समितिले उनकाे नाम सिफारिस गरेकाे थियाे।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बास्कोटालाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि मेडिकल काउन्सिलका अध्यक्ष रहेका डा‌ बास्कोटाको कार्यकाल सकिएपछि रिक्त रहेको मेडिकल काउन्सिल अध्यक्ष पदमा डा भगवान कोइरालालाई आजकै मन्त्रिपरिषद बैठकले नियुक्त गर्ने निर्णय गरेको थियो । मेडिकल काउन्सिल अध्यक्षमा डा भगवान कोइरालालाई नियुक्ति गरेको केही बेरपछि बाँस्कोटालाई उपकुलपति नियुक्त गरिएको हो ।

६ भदौमा तीर्थ खनियाँको कार्यकाल सकिएपछि त्रिविकाे उपकुलपति पद रिक्त रहेको थियो । डा. बास्कोटा काउन्सिलको कार्यकाल पूरा भएपछि त्रिविको उपकुलपति बन्न कसरत थालेका थिए । डा बाँस्कोटा त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०