Saturday, 20th June, 2026
वि.स.

तोलामा ९ सय घट्यो सुनकाे मूल्य

gold1-1612436734.jpg

नेपाली बजारमा साताको पाँचौं दिन बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घट्दा चाँदीमा २० रुपैयाँ घटेको छ ।

बिहीबार छापावाल सुन तोलाको ९१ हजार १ सय, तेजाबी सुन ९० हजार ६ सय र चाँदी १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुन ९२ हजार तेजाबी सुन ९१ हजार ५ सय र चाँदी १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०