nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

तेस्रो मनहरी महोत्सव १४ माघबाट, तीन करोड कारोबारको अपेक्षा 

मकवानपुरको मनहरीमा १४ माघबाट तेस्रो मनहरी महोत्सव २०७३ हुने भएको छ । पश्चिम मकवानपुरको प्रमुख ब्यापारिक केन्द्र मनहरी गाविस वडा नम्बर ४ बेलुवास्थित मनहरी खोला किनारमा महोत्सव हुने भएको हो । महोत्सव माघ १४ देखि २४ गतेसम्म संचालन हुनेछ । १३ माघमा मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिले मनहरीमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी पूरा भएको जानकारी दिएको छ । 

यसवर्षको महोत्सव गत वर्षहरुको भन्दा भब्य हुने मूल आयोजक समितिका संयोजक मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति सभापति गोविन्द रिजालले बताए । यो वर्ष महोत्सवमा ३ करोडको कारोबार हुने रिजालको भनाई रहेको छ । महोत्सवमा यसपटक मनहरी खोला थुनेर ताल निर्माण गरी बोटिङको व्यवस्थाप गरिएको छ भने हात्ती सफारीको काम पनि गरिएको छ ।  

महोत्सवमा हालसम्म दुई सयवटा स्टल निर्माण गरिएको छ । १७५ वटा कपडा, कृषि, आइटी र अन्य स्टलहरु राखिएका छन् । ९ बिशेष स्टलहरु छन् । १६ वटा स्टलहरुमा होटल रहनेछ । महोत्सवमा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरु आउँदैछन् । गायिका कोमल वली, गायकहरु बद्री पंगेनी, पशुपति शर्मा, मिलन लामा, प्रजापति पराजुली लगायतका गायक गायिकाहरु आउँदैछन् । त्यसैगरी हाँस्यकलाकार मनोज गजुरेल पनि आउने भएका छन् । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)