Thursday, 27th August, 2026
वि.स.

तेस्रो थाहा महोत्सवमा अमिरले रुवाए दर्शकलाई

amir-bhomjan-1540977083.jpg

‘सबै अङ्ग दुरुस्त भएर पनि अङ्ग अनुसार काम गर्न नसक्नेचाहिँ अपाङ्ग हुन् जस्तो लाग्छ मलाई, तर आज यहाँ यस्ता व्यक्ति आएका छन्, जसको खास धेरै अङ्ग छैन वा काम गर्दैन, र पनि सवलाङ्गहरु भन्दा प्रतिभाशाली छन््’ उद्घोषक मुक्तिनाथ उप्रेतीले मञ्चबाट यति भन्दै गर्दा दर्शकदीर्घामा उभिएका हजारबढी दर्शकहरुलाई त्यो रहस्यले तानिसकेको थियो । लाउड स्पिकरबाट सुन्दै गरेका अलि पर रहेका महोत्सव अवलोकनकर्ताहरु पनि हतारिएर मञ्चतर्फ लम्किँदै गरेको देखिन्थे । मञ्चको एउटा सानो सोफामा सिङ्गै शरिर राखेर आरामदायी झैं लाग्ने गरी बसेका उनै रहस्यले भरिएका व्यक्तिलाई आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिब सुरेन्द्रमान प्रधान र प्रेस सल्लाहकार कुमार नेगीले सोफासहित बोकेर मञ्चको छेउमा ल्याउँदा चिन्नेहरुले चिने उनै बहुप्रतिभाशाली व्यक्तित्व अमिर भोम्जनलाई । 
आफ्नो घाँटीभन्दा तलको भाग नचल्ने भएका कारण अमिरले सोफामै सुतेर गीत गाए, ‘आमा हुन् भगवान, आमा हुन् देवी, आमा विना चल्दैन मेरो जिन्दगी ।’ ‘मलाई सबैभन्दा प्यारो भनेकै आमा हो, म हिँड्रन त के बस्न पनि सक्दिन । कतै जानु प¥यो भने सहारा चाहिन्छ र त्यो सहारा नै मेरी आमा हो’ उनी भन्दै थिए । त्यसपछि उनले गाए, ‘सुख मलाई लिन दुःख मलाई दिने, आमा मेरो जिन्दगीको पनि जिन्दगी ।’ अमिरले यसरी आm्नो कथाव्यथा भन्दै आमाको गीत गाउँदा दर्शकहरुको आँखा आँशुले टिल्पिलाएको देखिन्थ्यो । तथापि अमिर भन्दै थिए, ‘कम अन, मलाइ हौसला दिनुहोस्,’ तर दर्शकहरु हौसलास्वरुप थपडी बजाउन सकिरहेका थिएनन् । 
थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकदेखि सञ्चालन भइरहेको  तेस्रो थाहा महोत्सवको क्रममा बुधबार अमिर आफ्नो वेदनायुक्त प्रस्तुती दिँदै थिए  । यो समाचार प्रकाशन गर्दासम्म अमिरका केही प्रस्तुतीहरु बाँकी छन् । उनले गाएको आमा शीर्षकको गीत उनका चर्चित रेकर्डेड गीतहरुमध्ये पर्छन् । बसन्त सापकोटाको सहयोगले उनले पाँचवटा गीत रेकर्ड गराइसकेका छन् । 
त्यसो त अमिर गायकभन्दा बढी गीतकार, गीतकारभन्दा बढी कवि हुन् र कवि भन्दा बढी चित्रकार । उनको चित्र ताइवानमा २ लाख रुपियामा विक्री भएको छ भने उनलाई त्यही चित्रबापत ताइवानमा फरवेन्ट ग्लोबल लभ अफ लाइफ पुरस्कारबाट सम्मानित समेत भएका छन् । बहुअपांगता भएका बहुप्रतिभाशाली कलाकार अमिर बम्जन तामाङसँग अचम्मको प्रतिभा छ । उनी मुखले नै कलम, कम्प्युटर, मोबाइल चलाउँछन् ।  
युवा तथा खेलकुद मन्त्रालयले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर काठमाडौंमा उनलाई चित्रकलातर्फ राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरेको थियो । सम्मानसँगै अमिरले १ लाख रुपियाँ पनि प्राप्त गरेका थिए । 
१८ वर्षीय अमिर अमिर थाहा नगरपालिका वडा नंं १ खानीगाउँका बासिन्दा हुन् । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif