Tuesday, 27th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

तेस्रो थाहा महोत्सवको तयारी अन्तिम चरणमा, मुख्यमन्त्री पौडेलले उद्घाटन गर्ने

मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरमा आगामी १० कात्तिकदेखि हुन लागेको तेस्रो थाहा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । स्टल व्यवस्थापन, कृषि मेला प्रदर्शनी, पर्यटकीय जोनलगायतको तयारी पूरा भएको छ भने मञ्च र बाल मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले बताए । ‘महोत्सव मूल आयोजक समितिअन्तर्गत बनाइएका विभिन्न विभागीय टोलीहरुले आआफ्नो काम अन्तिम चरणमा पु¥याएका छन्, शुक्रबार साँझ सम्म सम्पूर्ण तयारी पुरा हुनेछ’ उनले भने ।
आयोजकले महोत्सवको उद्घाटन शनिबार विहान १० बजे गर्नेगरी कार्यक्रम तय गरेको छ । ९ दिनसम्म संचालन हुने महोत्सवको उद्घाटन गर्न प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल आउने भएका छन् । सो अवसरमा प्रदेश–३ का कम्तिमा ५ जना मन्त्री, साँसदहरु, थाहा नगरपालिकाका प्रमुख, उपप्रमुखसहित विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले बताएको छ । महोत्सव उद्घाटनअघि ओखरबजारबाट विहान ९ बजे शोभायात्रा शुरु गरिने संघका महासचिब सुरेन्द्रमान प्रधानले बताए । शोभायात्रामा परम्परागत साँस्कृतिक झाँकीहरुसहित ब्याण्ड बाजासमेत समावेश गर्ने गरी तयारी गरिएको छ । 
महोत्सवमा अवलोकनकर्ताहरुलाई मनोरन्जन प्रदान गर्न आउने कलाकारहरु पक्का भैसकेको छ । राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सवमा प्रत्यक्ष बाजामा लोकदोहोरी समेत हुनेछ । शुक्रबारसम्म उँट र अष्ट्रिच पनि ल्याइसक्ने बताइएको छ । 
उत्तरी मकवानपुरको कृषि, पर्यटन र व्यापारको प्रवर्धनमा टेवा पु¥याउन महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवमा कृषि, अटो तथा सवारीसाधन, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रवद्र्धन लगायत गरी २ सय ५०  वटा स्टलहरु रहनेछन् । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg