nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

तीन सय अटो बिक्री पछि आधिकारिक डिलर

तीनपाङ्ग्रे सवारी साधन उत्पादन गर्ने बजाज अटोको नेपालस्थित प्रमुख बिक्रेता हुलासचन्द्र हंशराज गोल्छाले हेटौंडामा तीन् सय अटो बिक्री भएपछि आधिकारिक बिक्रेता नियुक्ति गरेको छ । हेटौंडाको न्यू होराईजन अटो प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरिएको हो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष र बजाज अटो ईण्डिया लि. का प्रबन्धक अरुण सिन्हाले शुक्रबार हेटौंडामा न्यू होराईजन अटो प्रालिको आधिकारिक डिलरको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

एक बर्ष अघि हेटौंडामा २५ वटा अटो बिक्री सुरु गरेको न्यू होराईजनले एक बर्षमा तीन सय वटा अटो बिक्री गरिसकेको न्यू होराईजनका संचालक रमेशकाजी बज्राचार्यले बताए । बजाजले सवारी साधन बिक्री पछिको मर्मतमा पनि उत्तिकै सेवा दिएका कारण उपभोक्ताले बढी रुचाएको मउवासंघका अध्यक्ष एबम् नेपाल उद्योग वाणिज्य महासंघका सदस्य न्यौपानेले बताए । ग्रामीण क्षेत्रमा पनि तीन जना यात्रु लिएर सजिलै पुग्न सक्ने भएकोले बजाजको तीन पाङ्ग्रे अटोले यात्रुको बिश्वास जित्न सफल भएको न्यौपानेले बताए ।

भरतीय बजारमा पनि बजाजको उत्पादन लोकप्रिय रहेको बजाज ईण्डिया लि. का प्रबन्धक सिन्हाले जानकारी दिए । पछिल्लो समयमा नेपाली बजारमा बजाजको दुई पाङ्ग्रे सवारी साधन युवादेखि उमेर ढल्केका उपभोक्ताले अत्यधिक रुपमा रुचाएको प्रबन्धक सिन्हाले बताए ।