Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

तिमल्सिनाको नेतृत्वमा मजदुर इकाई गठन

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेम्पु तथा साना मझौला इकाई कमिटि गठन भएको छ । शनिबार हेटौंडामा भएको चौंथो अधिवेशनबाट रामप्रसाद तिमल्सिनाको नेतृत्वमा ९ कार्यसदस्यी कार्यसमिति गठन भएको हो ।

जिफन्ट ३ नम्बर प्रदेशका आर्थिक विभाग प्रमुख अर्जुन ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राजकुमार रिजाल उपाध्यक्ष,कृष्ण बहादुर न्यौपाने सचिव, सुरज लामा कोषाध्यक्ष सहितको ९ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव दिपक काफ्ले,केन्द्रीय सदस्य मणी पाठक,विष्णु अर्याल लगायतकाले मन्तव्य व्यक्त गरेको नारायणी अञ्चल कार्यालय सचिव सुशान्त गजमेरले जानकारी दिनुभयो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०