nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

तामाङ पत्रकार संघ मकवानपुरले अग्रज तामाङ पत्रकारलाई सम्मान गर्ने

Tamang-Patrakar-Sangh-Ban-1533384942.jpg

मकवानपुर जिल्लामा क्रियाशिल रही तामाङ सञ्चारका क्षेत्रमा योगदान पुराएका एक जना मकवानपुरे अग्रज तामाङ पत्रकारलाई सम्मान गरिने भएको छ । तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र घलानको अध्यक्षतामा शनिबार बसेको कार्य समिति बैठकले सो निर्णय गरेको हो ।

मकवानपुरका संचार माध्यममा कार्यरत रही तामाङ भाषा, कला–संस्कृतिको प्रचारप्रसार गरी तामाङ पहिचान र तामाङका विभिन्न सवालमा सहयोग पुराउँदै आएका एक जनालाई यही भदौ १ गते परेको तामाङ सञ्चार प्रशारण दिवसका अवसरमा सम्मान गरिने भएको हो । हाल सम्मान गरिन लागिएको पत्रकारको नाम भने सार्वजनिक गरिएको छैन । बैठकले कार्यक्रमको तयारीका लागि विभिन्न जिम्मेवारी समेत बाँडफाँड गरेको संघका जिल्ला सचिव दिलबहादुर लामाले बताएका छन् ।

कार्यक्रमको आर्थिक पक्ष तथा कार्यक्रम व्यवस्थापनका लागि अध्यक्ष घलानसहित सचिव लामा तथा सदस्यहरु जयराम मोक्तान, सन्देश थिङ र भुवन घलानलाई जिम्मेवारी दिइएको छ । त्यस्तै कार्यक्रमको प्रचार प्रसार तथा सहयोगका लागि समितिका उपाध्यक्ष जनक तामाङ, सह–सचिव रामममाया तामाङ, कोषाध्यक्ष सुनु थिङ, सदस्यहरु कौशिला वाईबा, दिपक सिं रुम्बा र कुमारी गोलेको टोलीलाई जिम्मेवारी दिइएको छ ।

पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा हुने कार्यक्रममा तामाङ पत्रकार संघ र नेपाल तामाङ घेदुङका विभिन्न व्यक्तित्वहरुसहित मकवानपुरका तामाङ बुद्धिजीवीहरु सहभागी हुनेछन् ।