nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

तामाङ कर्मचारी सञ्जालको विशेष साधारण सभा : राज्यको शासन प्रणालीमा उच्चतम सहभागिताको लागि एकताबद्ध हुनुपर्नेमा जोड 

viber_image_2022-04-23_19-1650877884.jpg

तामाङ कर्मचारी सञ्जालको विशेष साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै १० बैशाखमा सम्पन्न भएको छ । सभा काठमाण्डौको बाइसधारास्थत बालाजु  उद्यानमा सञ्जालका अध्यक्ष टेकराज स्याङ्तानको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाको अवसरमा सञ्जालले बनभोज कार्यक्रम समेतआयोजना गरेको थियो । 

राष्ट्र सेवक तामाङ कर्मचारीहरुलाई एकबद्ध गर्ने उद्देश्यका साथ सम्पन्न कार्यक्रम नेपाल सरकारका पूर्वसचिव धनबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको हो । त्यसैगरी कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रुद्रसिंह तामाङ, सहसचिव हेमराज तामाङ र नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक बसन्त लामा विशेष अतिथिको रुपमा रहेको  सञ्जालका सदस्य टंकबहादुर नेगीले जानकारी दिए । कार्यक्रममा नेपाल सरकारका प्रहरी बरिष्ठ उपरीक्षक टेकबहादुर तामाङ, इन्द्रसिंह लामा, उपसचिव डा. लोक ब.लोप्चन, श्यामबाबु लोप्चन, प्रहरी उपरीक्षक सन्तोष तामाङ र पूर्व सहसचिव देवकुमार तामाङको समेत उपस्थिति रहेको थियो ।

साधारण सभाले साविकको ९ सदस्यीय समितिलाई विस्तार गर्दै १९ सदस्यीय बनाएको छ । संजालको पदाधिकारीहरु (साविकमा थप सहित)मा अध्यक्ष टेकराज स्याङ्तान, उपाध्यक्ष वीर बबहादुर लामा, गुञ्जमान(नव निर्बाचित) तामाङ र सावित्रा घिसिङ(नव निर्बाचित), सचिव दामोदर लामा स्याङ्तान, टंकबहादुर नेगी, (नव निर्वाचित), कोषाध्यक्ष लक्ष्मी लामा रुम्बा रहको छन् ।

त्यसैगरी सञ्जालको सदस्यहरुमा सन्तोष तामाङ, शारदा लामा, रवि तामाङ, सुकराम घिसिङ, मेनुका घिसिङ, बृहस्पती थिङ(नव निर्र्वाचित), डा.राजन घिसिङ , देव कुमार स्याङ्बो, तिलक थिङ  , सुवास जिम्बा र प्रधुम्न लामा  (नव निर्वाचित) रहेका छन् । रिक्त एक सदस्य पदमा समितिको बैठकले चयन गर्नेछ ।

त्यसैगरी हिरालाल ब्लोनको संयोजकत्वमा विभागीय समितिको  रुपमा  तामाङ निजामती कर्मचारी मञ्चको गठन भएको छ । मञ्चको  सदस्यहरु छायालाल मोक्तान, गणेश तामाङ, सविना तामाङ, युडेन लामा, असलीमाया तामाङ, सोनी तामाङ, पार्वती तामाङ र राजकुमार गोले निर्वाचित भएका छन् । 

साधारण सभाले सल्लाहकार समिति समेत गठन गरेको छ । रुद्रसिंह तामाङ(सहसचिव हाल बागमती प्रदेश सचिव) को संयोजकत्व रहेको समितिमा असमान तामाङ(प्र.जि.अ. सहसिचव ), हेमराज तामाङ(सहसचिव), बसन्त लामा(डिआइजी नेपाल प्रहरी), टेकबहादुर तामाङ(एसएसपी नेपाल प्रहरी),इन्द्र सिंह लामा(एसएसपी रा.अ.वि.), दिल कुमार लोप्चन(प्र.जि.अ. उपसचिव), डा.लोक बहादुर लोप्चन(प्र.प्र.अ.उपसचिव), श्याम बाबु लोप्चन(उपसचिव) र सन्तोष तामाङ (डिएसपी नेपाल प्रहरी) सदस्यको रुपमा रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुले आ–आफ्नो क्षेत्रको अनुभव सहित मार्गदर्शन गरेका थिए । तामाङ कर्मचारी सञ्जालको औचित्यतामाथि डा. लोक बहादुर लोप्चनले प्रकाश पारेको साधारण सभामा कार्यसमितिका उपाध्यक्ष वीरबहादुर लामाले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा तामाङ निजामती कर्मचारी मञ्चका संयोजक टंकबहादुर नेगीले तामाङ निजामती कर्मचारी मञ्चको सोचपत्र –२०७९ प्रस्तुत गरेका थिए । साधारण सभाले विधान संशोधन , भावी कार्यक्रम लगायतका विषयहरुमा निर्णय गरेको छ ।

सभाको अवसरमा प्रमुख अतिथि पूर्वसचिव तामाङले  यस बर्ष निजामती सेवामा प्रवेश गरेका  ४ जना नयाँ शाखा अधिकृतहरुलाई खादा लगाई स्वागत गरेका थिए । साथै नवनिर्वाचित कार्यसमिति र विभागीय समितिका पदाधिकारीहरुलाई प्रमुख अतिथि र विशेष अतिथिहरुले खादा लगाइ वधाइ दिएका थिए । कार्यक्रममा कार्यसमितिको तर्फबाट प्रमुख अतिथि तामाङलाई मायाको चिनोस्वरुप बुद्धको मूर्ती प्रदान गरिएको थियो ।

विभिन्न क्षेत्रका तामाङ राष्ट्रसेवक  कर्मचारीहरु उपस्थित रहेको उक्त सभामा ६६ जना विभिन्न तहका कर्मचारीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन कार्यसमितिका कोषाध्यक्ष लक्ष्मी लामा रुम्बाले गरेकी थिइन् ।

औपचारिक कार्यक्रमलगतै कार्यसमिति र उपस्थित कर्मचारीहरुले नाचगान गरी रमाइलो गर्दै बनभोज कार्यक्रम सम्पन्न गरेका थिए । 

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)