Saturday, 20th June, 2026
वि.स.

ताप्लेजुङको दोभान बजारमा आगलागी:४० घर जलेर नष्ट

doovan-1614666354.jpg

 ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ४० घर जलेर पूरै नष्ट भएका छन्। मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा अहिले पनि आगलागी भइरहेको छ।

बिहान ९ बजे भोला पौडेलका घरबाट विद्युत् सर्ट आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए। ४० घरमा रहेका करिब ८० वटा पसल जलेका छन्। उनले फुङलिङ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको बताए।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०