Monday, 31st August, 2026
वि.स.

तरकारी लोड गर्दा थाहानगरमा पिपीई र स्यानटिाइजर अनिवार्य

10-bu-1589881830.jpg

मकवानपुर थाहा नगरपालिकाबाट निर्यात हुने तरकारी लोड गर्ने व्यक्तिहरुले पीपिई अनिवार्य लगाउनु पर्ने नियम नाइएको छ । 

थाहा नगरपालिका वडा नम्बर ६ र १० बाट यो कार्य प्रारम्भ भैसकेको छ । त्यस्तै १० नम्बर वडा कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले तरकारी बोक्ने गाडी अन्यत्रबाट आएमा पहिले धुने, एक घण्टा घाममा राख्ने र स्यानटिाइजर स्प्रे गरेरमात्र तरकारी लोड गर्ने ठाउँमा जाने व्यवस्था मिलाइएको १० नम्बर वडा सदस्य रामकृष्ण गमालले जानकारी दिए । 

अहिले थाहा नगरपालिकाबाट निकासी हुने तरकारी बोक्ने गाडीका चालक र सहचालकले पिपीई लगाउनु पर्ने, कोरोनाबाट बच्न अपनाउनु पर्ने सम्पूर्ण सुरक्षात्मक उपाय अपनाउनु पर्ने, मास्क ग्लोब्स अनिवार्य लगाउनु पर्ने, चालक र सहचालक गाडीबाट ओर्लन नपाउने लगायतको कोरोना सुरक्षात्मक नियम बनाइएको स्वासथ्य संयोजक मेघराज बलामीले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०