Tuesday, 16th June, 2026
वि.स.

तरकारी ढुवानी गर्न सिएमडिपीद्वारा सहकारीलाई गाडी अनुदान 

2077-4-7-1595897189.jpg

कृषि सहकारी मार्फत किसानको उत्पादनलाई सिधै उपभोक्ता समक्ष सर्वशुलभ मुल्यमा पु¥याउन सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) लागु भएको छ । सिएमडिपी कार्यक्रमको साझेदार कुखुरेचौर कृषि सहकारी संस्था लिमिटेडलाई र उदय बहुउद्देश्य सहकारी संस्था लिमिटेडलाई धुनिवेशी नगरपालिकाका मेयर वालकृष्ण आर्चायले सिएमडिपीबाट प्राप्त भएको एक÷एक वटा गाडी हस्तान्तरण गरेकाछन् । धुनिवेशी नगरपालिकाका किसानहरुले बाह्रै महिना दैनिकरुपमा काठमाण्डौमा हरियो तरकारी विक्री गर्दै आईरसकोले गाडी प्राप्त भएपछि सहकारी मार्फत बजारिकरण हुने हुदाँ किसानहरुलाई सहिलो हुने मेयर आर्चाले बताए । 

किसानहरुलाई उत्पादनमा केन्दीत गर्न सहकारी मार्फत बजारिकरण उपभोक्तालाई सर्वशुलभ मूल्यमा तरकारी आपूर्ति गर्न सहकारीले प्रभावकारी भुमिका खेल्नु पर्ने उपमेयर निरुखरेलले बताईन । एमएमडिपी कार्यक्रमको मर्म र भावना भनेको किसानको उत्पादन सहकारी मार्फत खरिद विक्री गर्ने भएकाले सहकारीलाई गाडी अनुदानमा दिएकोले कुशल व्यवस्थापन गर्न जिल्लाको मुख्य साझेदार संस्था जिल्ला सहकारी संघका सदस्य रामभन्द्र आचार्यले सुझाए । 

काठमाण्डौ उपत्यकामा ताजा तरकारी आपूर्ति गर्ने धादिङ, चितवन, मकवानपुर, ललितपुर काभ्रेपलाञ्चोक र नुवाकोट  जिल्ला छ÷छ वटा सहकारी संस्था गरी  ७२ वटा कृषि तथा बहुउद्देशय सहकारी संस्थामा सहकारी बजार विकास कार्यक्रम सञ्चालन भएको छ । यो कार्यक्रम भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा सन २०१८ देखि सञ्चालित छ । उपयुक्त नीतिगत तथा संस्थागत वातावरण र्सिजना गर्ने, संघीय, प्रादेशिक र स्थानीय सरकार तथा सरकारी संस्थाहरुसंग प्रभावकारी साझेदारी उंव समन्वय गर्ने, र्सिर्जनशिलता र प्रविधि विकास गर्ने र सिकाईहरुको अभिलेखीकरण र कार्यक्रम अनुशरण तथा विस्ता गर्ने रणनीति रहेको छ । पाँच वर्षमा ११ करोड ४० लाख एक हजार आठ सय पाँच अमेरिकन डलर खर्च हुन मार्यक्रमबाट सहकारी संस्थाका संस्थागत क्षमता विकास, तरकारी संकलन केन्द्र निमार्ण, आवश्यकता अनुसार कुलिङ सेन्दर निमार्ण गर्ने, पालिकास्तरमा पालिका बजार  सञ्चालन, क्षेत्रयि बजार र केन्द्रीय तरकारी बजार पनि सहकारी मार्फत गर्ने र ढुवानीका लागि प्रत्येक सहकारी संस्थालाई गाडी अनुदान दिने कार्यक्रम रहेको छ । 

सिएमडिपी कार्यक्रमले सहकारी मार्फत तरकारी बजारिकरणमा सहज हुने कुखुरेचौर कृषि सहकारी संस्था लिमिटेडका राजुराम खकुरेलले बताए । तरकारी संकलन केन्द्र निमार्ण गर्न ७० प्रतिशत अनुदान सहयोग भएको लिएका छौ । ढुवानी गर्न १२०० किलोग्राम क्षमताको गाडी अनुदानमा प्राप्त गरेका छौ । सहकारीको तर्पmबाट छ लाख ५० हजार मर्मत संभार कोषमा जम्म गरेको खकुरेलले बताए । 

सिएमडिपी कार्यक्रम धसनिवेशी नगरपालिकाको कुखुरेचौर कृषि सहकारी संस्था लि, कालीदेवी महिला बहुउद्देश्य कृषि सहकारी संस्था लि, उदय कृषि बहुउद्देश्य सहकारी संस्था लि र उत्प्रेरण कृषि सहकारी संस्था लि मा सञ्चालन भएको धादिङ जिल्ला सहकारी संघका कार्यक्रम संयोजक शेर बहादुर गुरुङले बताए । यसैगरी गजुरी गाँउपालिकाको किराञ्चोक कृषि सहकारी संस्था लि, सगरमाथा केषि सहकारी संस्था लि, नवजिवन साना किसान कृषि सहकारी संस्था लि र जनआर्दश कृषि सहकारी संस्था लि रहेकाछन् । बेनीघाट रोराङ गाँउपालिकको गौरी शंकर कृषि बहुउद्देश्य सहकारी संस्था लि, सलाङघाट फलफूल तथा तरकारी सहकारी संस्था लि, कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्था लि र अको कृषि सहकारी संस्था लि रहेको कार्यक्रम संयोजक गुरुङले बताए ।  
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०