Wednesday, 17th June, 2026
वि.स.

तपाईंको बिजुलीको मिटर रिडिङ कुन दिन ? ग्राहक नम्बरबाट यसरी पत्ता लगाउनुस्

mitar-1602227323.jpg

 नेपाल विद्युत प्राधिकरणले प्रत्येक महिनाको निश्चित गते ग्राहकको मिटर रिडिङ्ग गर्ने दिन तोकिएको हुन्छ । तपाईको मिटर रिडिङको दिन कहिले हो आफै पत्ता लगाउन सजिलो छ । मानौँ ग्राहक नम्बर ००७—२९—०३९ छ भने यसको बीचको नम्बर अर्थात २९ सो ग्राहकको मिटर रिड गर्न आउने दिन अर्थात् प्रत्येक महिनाको २९ गते हो ।

सम्बन्धित ग्राहकलाई तोकिएको सो मितिमा मिटर रिडरले बिल उपलब्ध गराउँदछन् । तर अहिले कोभिड १९ महामारीका कारण  मिटर रिडर नआएमा वा बिल प्राप्त नभएमा ग्राहकले सम्बन्धित कार्यालयमा सम्पर्क गरी बिल लिनुपर्छ र सो रकम भुक्तानी गर्नुपर्छ ।

मिटर रिडिङ भएको सात दिनभित्र भुक्तानी गरे २ प्रतिशत छुट पाइन्छ । ८ औँ दिनदेखि १५ दिनभित्र बुझाएमा बिलमा उल्लेख रकम मात्र बुझाए पुग्छ । १६ औँ दिनदेखि भने जरिवाना लाग्न थाल्छ । १६ औँ देखि ३० दिनसम्म बुझाए थप ५ प्रतिशत जरिवानासमेत बुझाउनुपर्छ । ३१ औँ दिन देखि ४० दिन सम्म बुझाएमा १० प्रतिशत जरिवाना लाग्छ । ४१ दिनपछाडी थप २५ प्रतिशत जरिवाना लाग्छ । ६० औँ दिनसम्म पनि बिल भुक्तानी नभए जुनसुकै दिन बिजुलीको लाइन काटिन सक्छ ।

मिटर रिड गर्दा ग्राहकले मिटर रिडिङ्ग हुने दिनमा कति अंक मिटरमा पुगेको छ त्यो टिप्नु पर्दछ र त्यसपछि अघिल्लो महिनाको बिलमा भएको रिडिङ अंक राखी प्राधिकरणको वेबसाईटमा गएर पनि कति बिल तिर्नुपर्ने हो सो रकम यकिन गर्न सकिन्छ ।

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०