Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा द्वन्द्धपीडितलाई सहजीकरण

मकवानपुर थाहा नगरपालिकाको विकास घरमा द्वन्द्धपीडितहरुको लागि मनोसामाजिक परामर्श सेवा परियोजना कार्यक्रम भएको छ । नेपाल सरकार शान्ति तथा पुन निर्माण मन्त्रालयको सहयोग तथा केएफए, सिएमसी र स्मार्टको संयुक्त आयोजनामा १२ असोजमा एकदिने कार्यक्रम भएको हो । 
थाहा नगरपालिकाको सामाजिक मनोपरामर्शकर्ता राजेन्द्र बल र लतिका गोपालीले सञ्चालन गरेको कार्यक्रममा थाहा नगरस्तरीय शान्ति समितिको संयोजक गणेश बहादुर लामाको अध्यक्षता रहेको थियो । द्वन्द्घपीडित परिवार तथा बालबालीका जसलाई मनोसामाजिक सहयोगको आवश्यकता भएको बताउँदै त्यसलाई यस यस किसिमको कार्यक्रमले थप सहजता बनाउने परामर्शकर्ता रोजेन्द्र बलले उल्लेख गरे । मनोपरामर्श कर्ताले समुदायका लक्षितवर्ग तथा सेवाग्राहीहरुको घर घरमा गई कार्यक्रम सञ्चालन गर्नु पर्ने, मनोसामाजिक परामर्श आवश्यकवर्गलाई परामर्श दिने भएको छ । कार्यक्रममा सहभागीहरुले यस्तो कार्यको प्रशंसा गर्दै आगामी दिनमा निरन्तरताको लागि सुझाव दिएका छन् । 
त्यसैगरि थाहानगरमा पनि मनोसामाजिक परामर्श केन्द्र कार्यलय राख्नको लागि सहभागीले सुझाव दिएका छन् । यस्ता कार्यक्रमले थप आशा थपेको बताउँदै यस कार्यलाई सफल बनाउनको लागि सबैले सकेको सहयोग गर्नेसहभागीले प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा नगरस्तरीय दलिय प्रतिनिधि, स्थानिय संघसंस्थाका प्रतिनिधि, सामाजिक परिचालक, वडा नागरिक मञ्चका संयोजक, प्राथमिक स्वास्थ्य केन्द्रका स्वासथ्यकर्मीहरुलगायतको उपस्थिती रहेको थियो । 

 

-जनक लामा/थाहानगर