nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

डाँडाखर्कमा शुभकामना आर्दान प्रदान

मकवानपुर डाडाखर्क गाविस वडा नम्बर ३ को आधारभूत विद्यालयका १२ असोजमा शुभकामना आदन प्रदान कार्यक्रम भएको छ । आधारभूत विद्यालयले २०७३ सालको विजया दशमी, शुभ दिपावली तथा छटको अवसरमा शुभकामना कार्यक्रम आयोजना गरेको हो । 
विद्यालयको प्राङ्ग्रणमा सांस्कृतिक कार्यक्रम र हाजिरी जवाफ प्रतियोगिता समेत गरिएको छ । सरस्वति आधारभूत विद्यालयका प्रधानाध्यापक लक्ष्मी देवी घिसिङको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक बलिन्द्र भ्लोनको सभाध्यक्षतामा कार्यक्रम भएको हो । चाडको नाममा विभिन्न विकृति फैलिरहेकोले आफ्नो कला संस्कृृति जोगाउनको कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक भ्लोनले बताए । 
विद्यालयले आयोजना गरेको गाविस स्तरीय हाजिरी जवाफ प्रतियोगतामा ४ विद्यालयका २० विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा रहेको थियो । प्रतियोगितामा कमला देवी मावि प्रथम भएको छ । त्यसैगरि आधारभूत विद्यालय द्वितीय, सरस्वती आधारभूत विद्यालय तृतीय र गुप्तेश्वरी आधारभूत विद्यालय चौथौ भएको छ । कमलादेवी माविका शिक्षक दिनेश कुमार झाको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।