nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

ठेकेदारहरु तथा स्थानीय उद्यमीलाई तालीम

सामुदायिक विकास केन्द्र नेपाल सिसिडिएनको आयोजनामा साना ठेकेदारहरु तथा स्थानीय उद्यमीहरुको सहभागितामा २ दिने तालिम ६ चैत्रमा सकिएको छ । 

एक्सन एड, प्राक्टिकल एक्सन, युके एड र कर्डको सहयोगमा तालिम सञ्चालन भएको हो । थाहा नगरपालिका र कैलाश गाउँपालिकाका ८ जना साना ठेकेदार, ३ जना स्थानीय उद्यमीहरु र परियोजनाका कर्मचारीहरुलाई तालिम लक्षित गरी तालिम सञ्चालन गरिएको परियोजना संयोजक सुमिरन कोइरालाले बताए । सिसिडिएनले विभिन्न दातृ निकाय र स्थानीय सरकारको समन्वयमा थाहा नगरपालिका र कैलाश गाउँपालिकामा ७ सय ९५ घर पुननिर्माण गर्दैछ । 

सोही कार्यक्रमको शिलशिलामा तालिम आयोजना गरिएको सिसिडिएनका निर्देशक महेन्द्र मगरले बताउनु भयो । सहभागीहरुलाई इन्जिनियरहरु विश्व केसी, प्राक्टिकल एक्सनका दत्त रावल र सिसिडिएनका महेन्द्र मगरले प्रशिक्षण दिएका थिए । परियोजना अन्तर्गत स्थानीय उद्यमीहरुले उत्पादन गरेको इन्टरलक इटाको प्रयोगबाट घर निर्माणमा जोड दिइने बताइएको छ । तालिमको समापनमा सहभागी ठेकेदारहरुलाई सेफ्टीसम्बन्धी हेलमेट, बुट, पञ्जा, चश्मा लगायत सामग्री प्रदान गरिएको थियो
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)