addddddddddddd-1584769826.jpg
Tuesday, 11th August, 2020
वि.स.

ट्राफिक प्रहरीमा कोरोना संक्रमण, महाशाखा सिल

corona-photo-1596360613.jpg

महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ट्राफिक महाशाखा सिल गरिएको छ।गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा दुई ट्राफिक प्रहरीमा संक्रमण देखिएपछि महाशाखा सिल गरिएको हो। महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि महाशाखामा आवतजावतमा रोक लगाइएको जानकारी दिए।

उनले कोरोना पुष्टि भएका प्रहरीको सम्पर्कमा आएकालाई बाहिर आवतजावतमा समेत बन्द गरिएको जानकारी दिए। यस्तै महाशाखाभित्र बस्ने ३७५ ट्राफिक प्रहरी कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ।

महाशाखामा हाल एक हजार ५०० भन्दा बढी ट्राफिक प्रहरी कार्यरत रहे पनि ३७५ जना क्वारेन्टाइनमा रहेकाले बाँकीलाई सवारी चापको अवस्था हेरेर काममा खटाइएको महाशाखा प्रमुख ढकालले बताए। क्वारेन्टाइनमा बसेका प्रहरीको चाँडो स्वाब संकलन गर्ने तयारी भइरहेको महाशाखाले जनाएको छ। संकलित स्वाबको रिपोर्ट नआएसम्म महाशाखाभित्रबाट सेवाग्राहीका लागि गरिने दैनिक कामकाज रोकिने छन्।

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)







Fohor-Add-1532704684.jpg
thah-COO-1587359073.png