Tuesday, 16th June, 2026
वि.स.

ट्रम्पले भने- ह्वाइट हाउसबाहिर गोली चल्यो

trump-press-1597109561.jpg

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन भइरहँदा ह्वाइट हाउसबाहिर गोली चलेको दाबी गरेका छन्। उनले अवस्था नियन्त्रणमै रहेको पनि बताएका छन्।

ह्वाइट हाउसमा पत्रकार सम्मेलन भइरहँदा ट्रम्पका सुरक्षाकर्मीले मञ्चमै गएर कानेखुसी गरेका थिए। त्यसपछि उनी भित्र गए। करीब नौ मिनेटमा बाहिर आएर ‘सिक्रेट सर्बिस’ का व्यक्तिले संदिग्ध बन्दुकधारीविरुद्ध गोली चलाएको जानकारी दिएका थिए।

उनले स्थिति नियन्त्रणमा रहेको र कोही व्यक्तिलाई अस्पताल लगिएको पनि बताएका थिए। उक्त व्यक्तिको अवस्थाबारे आफूलाई जानकारी नभएको उनले बताए। गोली चलेको वेला ह्वाइट हाउसको उक्त क्षेत्र ‘लकडाउन’ थियो।

-बीबीसीबाट



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०