Tuesday, 16th June, 2026
वि.स.

ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन निर्देशन

taxi-1594204208.jpg

 संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सञ्चालनको व्यववस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समिति बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा सरकारलाई यस्तो निर्देशन दिएको हो । 

बुधबार समिति बैठकमा यातायात व्यवसायीका प्रतिनिधिसँगको छलफपछि समितिले निर्देशन दिएको हो । ‘विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ काइसिस म्यानेजमेन्ट कमिटी (सीएमसी)ले तयार पारेका मापदण्ड पूरा गरी सरकारले लकडाउनको अवधिमा पनि केही पेशा व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पूरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउन, सर्वसाधारणलाई आवतजावतमा थप सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी यातायात सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ’, समितिको निर्णयमा भनिएको छ ।   

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन गरेपछि धेरै व्यवसाय प्रभावित भएका छन् । त्यसमध्ये सार्वजनिक यातायात क्षेत्र सर्वाधिक प्रभावित भएको भन्दै समितिले यस्तो निर्देशन दिएको हो । असार १ गतेपछि निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन, पसल र व्यवसाय सञ्चालनको अनुमति दिएको सरकारले सार्वजनिक सवारी साधनलाई भने चल्ने दिएको छैन । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०