Tuesday, 8th September, 2026
वि.स.

टिष्टुङ महोत्सवलाई सफल पार्ने प्रधानाध्यापकहरुको प्रतिबद्धता

Teachers-Photos-1537642496.jpg

टिष्टुङ महोत्सवलाई सफल पार्न थाहानगरका प्रधानाध्यपकहरुसंग महोत्सव आयोजक समितिले छलफल गरेको छ । ६ असोजमा महोत्सव आयोजक समितिको सचिवालय टिष्टुङ (बज्रवाराही) मा भएको छलफलमा नगरका विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको    थियो । 

छलफलमा महोत्सव सफल पार्नका लागि विद्यालयहरुको तर्फबाट प्रधानाध्यापकहरुले सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानाध्यापकहरुले स्वत स्फूर्त रुपमा आर्थिक, भौतिक तथा सहभागितात्मक रुपमा सहयोग गर्ने बताएकाहुन् । यहि असोज २४ देखि २७ गतेसम्मम कवानपुर थाहानगरको टिष्टुङ (बज्रवाराही) मा संचालनहुने महोत्सवमा टिष्टुङको ऐतिहाँसिक तथा पर्यटकीय ‘प्रडक्ट’लाई प्रवद्र्धन गर्ने उद्देश्यले लिइएको छ ।

महोत्सव भव्यताको साथ संचालन गर्नका लागि विभिन्न संस्थाहरु, समूह, सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसंग समन्वय तथा छलफल भइरहेको महोत्सव मूल आयोजक  समारोह समिति २०७५ का संयोजक इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०