Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

टिष्टुङ महोत्सव तयारीः नेपाली सेनाले थाल्यो सरसफाई अभियान

sena-02-1538281751.jpg

थाहा नगरपालिकाको बज्रवाराही (टिष्टुङ) मा संचालन हुने प्रथम टिष्टुङ महोत्सव २०७५ को तयारी स्वरुप टिष्टुङको सरस्वती बजार सरसफाई गरिएको छ । नेपाली सेनाको विशेष सहभागिता सहित स्थानीयहरुको सहभागितामा सरस्वती बजार सरसफाई गरिएको हो । 

श्री नं. ७ चनवन ब्यारेकका नेपाली सेना तथा मध्ये पृतना शिक्षालयका सेनाहरुले १४ असोज विहान सरस्वती बजार र आसपासमा सरसफाई गरेको महोत्सव सचिवालय सदस्य प्रमोद जोशीले जानकारी दिए । यहि असोज २४ देखि २७ गतेसम्म टिष्टुङमा महोत्सव संचालन हुँदैछ ।

यसअघि १३ असोजबाट टिष्टुङ प्रवेश गर्ने मुख्य बाटो तथा सरस्वती बजार आसपासको  ५ स्थानमा मुख्य प्रवेश द्वार निर्माण समेत नेपाली सेनाले थालेको थियो । महोत्सव आयोजक समितिले गेट निर्माणका लागि आवश्यक सामाग्री उपलब्ध गराएपछि उनीहरुले गेट निर्माणमा सहयोग गरेका हुन् । 

थाहा नगरपालिका वडा नं. ६ मा पर्ने उक्त ब्यारेकका सेनाहरुले गेट निर्माण तथा सरसफाई लगायतको कार्यमा सहयोग गरिरहेको महोत्सव मूल आयोजक समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०