Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

टिष्टुङ महोत्सवको विषयमा मुख्य मन्त्री पौडेलसंग छलफल

DM-1536891712.jpg

मकवानपुरको थाहा नगरपालिका बज्रवाराही (टिष्टुङ)मा यहि २४ असोजबाट शुरु हुने ‘टिष्टुङ महोत्सव–२०७५ को विषयमा प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलसंग छलफल भएको छ । 

महोत्सवको उद्घाटन मुख्यमन्त्री पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम तय तथा महोत्सवको विशेषताको विषयमा समेत छलफल भएको छ । छलफलमा मूल आयोजक समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठ, मूल आयोजक समितिका प्रमोद जोशी, महेश्वर सुवेदीलगायतकाको सहभागी रहेको थियो । 

‘ऐतिहाँसिक टिष्टुङको पहिचान, सम्वृद्ध टिष्टुङ हाम्रो अभियान’ भन्ने नाराको साथ यहि २४ देखि २७ असोजसम्म आयोजना हुने महोत्सवको बज्रवाराही बजार व्यवस्थापन समिति र न्यू दया भिन्तुना मूल समारोह समितिले संयुक्त रुपमा महोत्सवको आयोजना गर्न लागेको हो ।

ऐतिहासिक टिस्टुङ अर्थात् हालको बज्रवाराहीमा फरक र मौलिक ढंगको महोत्सव हुने मूल आयोजक समारोह समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले बताए । महोत्सवलाई व्यवस्थित रुपमा संचालनको मूल समारोह समिति र अरु विविध २९ वटा विषयगत उपसमितिहरु गठन भइसकेको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०