Sunday, 25th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

टिष्टुङ महोत्सवको तयारी पूरा, उद्घाटन गर्न मुख्यमन्त्री पौडेल टिष्टुङ आइपुगे

मकवानपुर थाहा नगररपालिकाको टिष्टुङ (बज्रवाराही)मा संचालन हुने टिष्टुङ महोत्सवको उद्घाटन प्रदेश नंम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने भएका छन् । यहि असोज २४ देखि २७ सम्म बज्रवाराहीको सरस्वती बजारमा हुने महोत्सवको २४ असोज विहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । 

महोत्सव उद्घाटनका लागि अघिल्लो दिन २३ असोजमा नै मुख्यमन्त्री पौडेल टिष्टुङ आइसकेका छन् । मुख्य मन्त्री पौडेल सहित सांसद विरोध खतिवडालगायतका नेताहरु समेत अघिल्लो दिन नै टिष्टुङ आइसकेका छन् । 

महोत्सवको तयारी स्वरुप स्वागतद्वारहरु, स्टल व्यवस्थापन, मञ्च व्यवस्थापन, लगायतका सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समारोह समितिले २३ असोजमा विज्ञप्ती जारी गरी जानकारी दिएको छ । कार्यक्रममा उपस्थित हुन आयोजकले विज्ञप्ती मार्फत नै आग्रह गरेका छन् । टिष्टुङ महोत्सवमा १ सय ६० वटा स्टल रहने छन् । महोत्सव अवधिभर ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg