Tuesday, 16th June, 2026
वि.स.

झापाका थप १७ जनामा संक्रमण पुष्टि

c-virous-1590568813.jpg

 झापाका थप १७ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यीसहित प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ ।
बुधबार संक्रमण पुष्टि भएकाहरु झापाको कचनाकवल र बाह्रदशीका व्यक्ति भएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ। यसअघि देखिएका संक्रमितहरुको सम्पर्कमा आएका र भारतबाट आएकाहरुको स्वाब नमुना संकलन गरी विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ का १४ मध्ये सात जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । झापा, उदयपुर, मोरङ, सुनसरी, भोजपुर, खोटाङ र धनकुटामा संक्रमित भेटिएका हुन् । अधिकांश संक्रमित भारतबाट आएकाहरु छन् । संक्रमितहरुको विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखेर हेरचार गर्ने गरिएको छ । त्यहाँ राखिएकामध्ये २८ जना डिस्चार्ज गरिएका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०