nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

ज्योष्ठ नागरिक लक्षित कार्यक्रममा थाहानगर प्रतिवद्ध–प्रशासकीय अधिकृत पुरी

थाहा नगरपालिकाको आयोजनामा ज्येष्ठ नागरिक सरोकारवलाहरुबीच एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

थाहा नगरपालिकाको विकास घरमा सम्पन्न कार्यक्रम थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा थाहा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजेश केसी, वडा नं. ४ का कार्यबहाक वडा अध्यक्ष नारायण लामाको विशेष आतिथ्य रहेको थियो । 

कार्यक्रममा थाहानगरका ज्येष्ठ नागरिकहरु तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई थाहा नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शशीकला सम्बाहाम्फे, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने र डाक्टर प्रविण पाठकले सहजीकरण गरेका थिए । 

कार्यक्रममा चालु आर्थिक वर्ष २०७५/०७६ को ज्येष्ठ नागरिक लक्षित वार्षिक कार्यक्रमको समिक्षा समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी नगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले योजना तर्जुमा गर्दा सबै वर्गलाई समेट्ने क्रममा ज्येष्ठ नागरिकलाई पनि समेटेर योजना निर्माण गरिएको बताए । उनले ज्येष्ठ नागरिकको योजना  निर्माण र कार्यान्वयनमा नगरपालिका सँधै प्रतिवद्ध रहेको प्रमुख अतिथी पुरीको भनाइ थियो । कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले ज्येष्ठ नागरिकहरुको सम्मान तथा निःशुल्क स्वासथ्य शिवर जस्ता महत्वपूर्ण कार्यक्रम नगरले तर्जुमा र कार्यान्वयन गर्दै आएको जानकारी दिए । कार्यक्रममा वडास्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका संयोजक एवं सदस्यहरु गरी २२ जनाको सहभागिता थियो । कार्यक्रम जानुका ढकालको सभाध्यक्षतामा भएको थियो । 

थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ज्येष्ठनागरिकहरुलाई परिचयपत्र वितरण, दिवा सेवा केन्द्र स्थापना, स्वासथ्य शिविर, सामाजिक सुरक्षा भत्तँ उपलब्धतामा सहजीकरण, ज्येष्ठ नागरिक अधिकार सम्बन्धी सचेतनामुलक सामाग्री प्रकाशन लगायतको कार्यक्रमहरु तर्जुमा गरिएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)