Tuesday, 16th June, 2026
वि.स.

जोखिम बढेसँगै कोरोना परीक्षणको मापदण्ड परिवर्तन

test-123-1596365387.jpg

नेपालमा कोरोना भाइरसको जोखिम थप बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको दायरालाई पनि फराकिलो पारेको छ । कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले परीक्षणको मापदण्ड फराकिलो बनाएको छ ।

मन्त्रालयले नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड १९ लाई परिवर्तन गर्दै परीक्षणको दायरा बढाएको हो । नयाँ मापदण्डअनुसार अब गन्ध थाहा नपाउने र झाडा पखालाका बिरामीको पनि पीसीआर विधिमार्फत स्वास्थ्य परीक्षण गरिने छ ।

यस्तो छ परीक्षणको नयाँ मापदण्ड स् 

– ज्वरो, खोकी, श्वास फेर्न गाह्रो, स्वाद वा गन्ध थाहा नपाउने, झाडा पखालाको लक्षण देखिए  परीक्षण गरिने छ ।
– अग्रपङ्क्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, चालक, फोहरमैलाका कर्मचारीलाई प्राथमिकता दिएर परीक्षण गरिने छ ।
– सङ्क्रमण पुष्टि भएकाको सम्पर्कमा रहेकाको पनि स्वास्थ्य परीक्षण हुनेछ ।
– श्वासप्रश्वासजन्य समस्या भएका बिरामीको परीक्षण हुनेछ ।
– विदेशबाट आएका ९हवाई र स्थलमार्ग० सबैको परीक्षण गरिनेछ ।
– १४ दिन अगाडि कोरोना फैलिएको क्षेत्रबाट फर्किएका सबैको परीक्षण गरिने छ ।
– आईसीयूमा भर्ना भएका, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र विशेषगरी ६० वर्ष उमेरमाथिका नागरिकको स्वास्थ्य परीक्षण गरिने छ ।
– चिकित्सकीय मूल्याङ्कनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीको पनि परीक्षण गरिने छ ।

लक्षण नदेखिएका र हल्का समस्या भएकालाई १४ दिनपछि डिस्चार्ज गरिने छ । यसैबीच स्वास्थ्य मन्त्रालयले अब अस्पताल केन्द्रित भएर परीक्षणको दायरा बढाउने तयारी पनि गरेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०