Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

जेसीज वर्ष २०१९ को अध्यक्ष पदका लागी भण्डारीको उम्मेदवारी घोषणा

पालुङ जेसीज वर्ष २०१९ को अध्यन पदका लागी जेसी विकास भण्डारीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । वर्ष २०१८ मा कोषाध्यक्षको पदमा रहेको भण्डारीले २०१९ को लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको हो ।
पालुङ जेसिज बर्ष २०१९ मा  पालुङ जेसिजको सचिवालय निर्माण लगायत जेसिजको स्तम्भ निर्माण गर्दै नेपाल जेसिजमा उत्कृष्ट शाखाको रुपमा पालुङ जेसिजको नाम वर्ष  २०१९ मा स्वर्णिम अक्षरमा लेखाउनका लागी आफुले उम्मेदवारी घोषणा गरेको भण्डारीले बताए । उनले आफ्नो उम्मेदवारी प्रती सम्पूर्ण पालुङ जेसिजका जेसिज मनहरुलाइ साथ र सहयोग गरिदिनका लागी अनुरोध समेत गरेका छन् ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।