Wednesday, 21st October, 2026
वि.स.
pustakalay-1792211853.jpg

जेसीज वक्तृत्वकला प्रतियोगितामा नाट्यश्वरकि आकृती प्रथम

Akriti-1732769195.jpg

पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रम अनुरुप आज जेसीज वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
पालुङ जेसीजको सभाहलमा समय,समूह,पुर्णता बिषयक प्रतियोगितामा नगरपालिका भित्रका १० विद्यालयका १९ जना विद्यार्थी हरुको सहभागिता रहेको प्रतियोगितामा नाट्यश्वर माबिकी आकृति केसी प्रथम हुँदा पालुङ भ्याली हार्टका छात्रा सुमिना थापा द्वितीय र सरस्वती विद्या मन्दिरकि छात्रा राशी श्रेष्ठ तृतीय हुन सफल रहे।      

पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको कार्यक्रममा थाहा नगरपालिका शिक्षा,युवा तथा खेलकुद विकास शाखाका शाखा प्रमुख माधव विक्रम मल्लको प्रमुख आतिथ्यता तथा पुर्व अध्यक्ष सुरेन्द्रमान प्रधान,मनोज रायमाझी,संगम कार्कीको उपस्थिति रहेको थियो।

प्रतियोगिताका निर्णायक पालुङ क्याम्पसका प्राध्यापक कुमार नेगी र रामहरी अधिकारी रहेका थिए।
पालुङ जेसीजका महासचिव विक्रम गोपालीले संचालन गरेको कार्यक्रमलाई मुल कार्यक्रम संयोजक मानसिं दोङले स्वागत गरेका थिए।
कार्यक्रममा जेसीजका स्मिता बिष्ट,नारायण लामा,संजय गोपाली लगायत सहभागी विद्यालयको शिक्षक विद्यार्थीको उपस्थिति रहेको थियो।
वक्तृत्वकला प्रतियोगितामा बिजयी विद्यार्थी हरुलाइ १५ गते हुने सप्ताह समापनको अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष रायमाझीले जानकारी दिए।
जेसीज सप्ताह अन्तर्गत १३ गते दामनमा रहेको ऋषेश्वर प्राबिका विद्यार्थी हरुलाइ भरत रत्न छात्रवृत्ति प्रदान गरिने कार्यक्रम रहेको कार्यक्रम संयोजक मानसिं दोङले जानकारी दिएका छन।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg