Monday, 15th June, 2026
वि.स.

जेष्ठ ६ गते भित्र विद्युत महशुल बुझाए छुट पाईने

bidhyut-pradhikaran-1588092495.png

विश्वभर फैलिरहेको कोरोना (कोभिड–१९) भाईरसको महामारीले भएको लकडाउनका कारण आवत जावतमा समस्या भएर विद्युत महशुल बुझाउन नसकेका ग्राहकहरुलाई नेपाल विद्युत प्राधिकरणले सो अबधीको महशुलमा छुट सुबिधा दिने भएको छ । 

लकडाउनका कारण कार्यालय सम्म पुगेर महशुल तिर्न समस्या भएकाले अनलाईनबाट तिर्न सूचना जारी गरेको भए पनि  सो अबधीमा महशुल नतिरेका ग्राहकहरुलाई सुबिधाहोस भनेर प्राधिकरणले यो छुट दिएको हो । प्रधिकरणले २०७६ फाल्गुण महिनाको बिलवापतको महशुल २०७७ बैसाख मसान्तसम्म बुझाए जरिवाना नलाग्ने  जनाएको छ । २०७६ चैत्र र २०७७ बैसाख महिनाको महशुल २०७७ जेष्ठ ६ सम्म बुझाए  नियमानुसार छुट सुविधा पाईने छ र ग्राहस्थ वर्गका ग्राहकहरुको २०७६ चैत्र र २०७७ बैसाख महिनाको महशुल २०७७ जेष्ठ ६ सम्म बुझाए  १५० युनिट सम्मको  विद्युत  खपतमा उक्त महिनाको विलको  ईनर्जी  शुल्कमा २५ प्रतिशत छुट पाईने प्रधिकरणले जानएको छ । 

प्राधिकरणको पालुङ वितरण केन्द्रले पनि एकलाख भन्दा बढी महशुल भएका ग्राहक महानुभावहरुले कार्यालय सँग समन्वय गरि बैंकमा र १ लाख भन्दा कम महशुल भएका ग्राहक महानुभावहरुले अनलाईन मार्फत महशुल तिर्न सकिने व्यवस्था गरिएको पालुङ वितरण केन्द्रका प्रमुख सन्तोष प्रसाद पन्तले बताए । लकडाउनका कारण कार्यालयमा आएर महशुल तीर्न कुनै समस्या भएर कार्यालयमा सम्पर्क गरे कार्यालयले त्यसको सहजिकरण गर्ने पालुङ वितरण केन्द्रले जनाएको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०