Friday, 19th June, 2026
वि.स.

जिससद्वारा मौज्दात कोषको रकम निकासा गर्ने निर्णय 

jisasa71-(2)-1607355606.jpg

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिससको मौजदात कोषको रकम जिल्लाका विभिन्न स्थानीय तहहरुमा निकासा गर्ने निर्णय गरेको छ । २२ मंसिरमा बसेको जिससको ७१ औं बोर्ड बैठकले जिल्लाका सभाबाट पारित भए अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा मौज्दात कोष कार्यविधिले तोके अनुसारको योजना सञ्चालनका लागि रकम निकासा गर्ने निर्णय गरेको हो । 
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहहरुबाट माग भए अनुसारको रकम उपलब्ध गराउने निर्णय भएको हो । मौज्दात कोषबाट कोष सञ्चालन निर्देशिका बमोजिम गाउँपालिकासँगको लागत साझेदारीमा कार्य हुने गरि रकम उपलब्ध गराईने प्रमुख खुलालले बताए । बैठकले जिल्लाको ईन्द्रसरोवर गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि ५० लाख रुपैयाँ र हेटौंडा–९ को वडा कार्यालय भवन निर्माणका लागि ५० लाख रुपैया उपलब्ध गराउने निर्णय भएको प्रमुख खुलालले बताए ।

यस्तै हेटौंडा–१३ स्थित महेन्द्र माविलाई १० लाख, हेटौंडा–२ स्थित सिद्धार्थ माविलाई १५ लाख, हेटौंडा–८ स्थित मदन आश्रृत स्मृति भवनका लागि १३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय उनले बताए । 

बैठकमा विभिन्न समसामयिक विषयमा समेत छलफल भएको थियो । आजको बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, गणेशकुमारी प्रधान, सिता अधिकारी, सरिता विक, चित्र बहादुर बलामी, बुद्धबहादुर स्याङ्तान, सानोकान्छी स्थाङ्तानलगायत कार्यालयका कर्मचारीहरुको उपस्थिती थियो ।