nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जिल्ला समन्वय समितिबाट थाहा नगरपालिकाको अनुगमन

thaha-nagar-anugaman-1593418851.jpg

जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरले जिल्लाको थाहा नगरपालिकालाई कृषि र पर्यटन क्षेत्रमा केन्द्रित भएर रोजगारमुखि कार्यक्रमहरु संचालन गर्न सुझाव दिएको छ । आईतबार जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गरिएको अनुगमनका क्रममा प्रमुख खुलालले कृषि र पर्यटन क्षेत्रको प्रचुर संभावना भएकाले त्यसमै केन्द्रित भएर कार्यक्रमहरु संचालन गर्न सुझाव दिएका छन।

अनुगमन टोलीले चालु आर्थिक वर्षमा नगरपालिकाले संचालन गरेका योजना तथा कार्यक्रमहरुका बारेमा जानकारी लिनुका साथै विभिन्न विषयमा छलफल समेत भएको थियो । छलफलका क्रममा प्रमुख खुलालले कृषि र पर्यटनबाट थाहा नगरपालिकाले समृद्धि हासिल गर्न सक्ने बताउनुभयो । विविधताले भरिएको थाहा नगरपालिकालाई व्यवस्थि तगर्न सके समृद्धि हासिल गर्न सकिने बताए ।

उनले मैत्रीपुर्ण नगर निमार्ण गर्न सामाजिक क्षेत्रका कार्यक्रमहरु समेतमा ध्यान दिन आग्रह गर्दै सुशासनका क्षेत्रमा मैत्रीपुर्ण नगर बनाउन बालमैत्री, महिला मैत्री, अपाङ्ग मैत्री, बृद्धबृद्धा मैत्री नगर निर्माण तर्फ काम गर्न सुझाव दिए । 

छलफलमा थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्ट, उपप्रमुख खड्ग गोपाली, प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीलगायत विषयगत शाखाका प्रमुखहरुले समग्र अवस्थाका बारेमा जानकारी दिएका थिए । सो क्रममा थाहा नगरपालिकामा आर्थिक वर्ष २०७६र७७ मा केन्द्र सरकारबाट ४१ करोड ८७ लाख र प्रदेश सरकारबाट ५ करोड २८ लाख तथा आन्तरिक आय २१ करोड ४५ लाख बजेट मध्ये चालु तर्फ ३७ करोड ७४ लाख र पुजीँगत तर्फ ४५ करोड ६८ लाख विनियोजन भएको जानकारी दिनुभयो । जस मध्ये चालु तर्फ ७४ प्रतिशत र पुँजीगत तर्फ ६२ प्रतिशत खर्च भएको साथै ४ करोड ३७ लाख बेरुजु मध्य चालु आथिृक वर्षमा ३ करोड १९ लाख फरछ्यौट भएको जानकारी दिईएको छ ।

चालु आर्थिक वर्षमा पुर्वाधार तर्फ वडा स्तरीय ११७ मध्ये ९० वटा सम्पन्न भएको र २७ वटा चालु अवस्थामा रहेको साथै ठुला आयोजना १४ वटा मध्ये ५ वटा सम्पन्न भएको र बाँकी चालु अवस्थामा रहेको जानकारी दिईएको थियो । चालु आर्थिक वर्षमा कोरोनाका कारण केहि आयोजनामा काम प्रभावित भएको भए पनि ८० प्रतिशत भन्दा बढी प्रगती हासिल हुने मेयर लबहेर बिष्टले बताए । उनले नगरपालिकामा जनतासंग जोडिएर सुशासन कायम गर्ने र जनतालाई नजिकको सरकारको प्रत्याभुति हुने गरि काम गरिरहेको बताए ।

अनुगमनमा जिसस उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, समन्वय अधिकारी आनन्दराज पोखरेल, जिसस सदस्यहरु देवराज रिमाल, चित्र बहादुर बलामीलगायतको सहभागिता थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)