Tuesday, 16th June, 2026
वि.स.

जिल्ला समन्वयको भुमिकाले स्थानीय तहको काममा सहजता

jisasa-1593098884.JPG

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले ११ असारमा जिल्लाको मनहरी गाउँपालिकाको अनुगमन गरिएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका विकास निर्माणका कामलगायत सामाजिक, आर्थिक उपलब्धीलगायत समग्र अवस्थाका बारेमा अनुगमन गरिएको हो । 

छलफलका क्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जिससको भुमिकाले मकवानपुरका स्थानीय तहहरुलाई काममा सहजता महसुस गरेको बताए । अध्यक्ष उप्रेतीले जिसस मकवानपुरले हरेक क्षेत्रमा स्थानीय तहहरुलाई सहजीकरण गरेको बताए । “हरेक क्षेत्रमा काम गर्दा राहत महसुस गरेका छौं” अध्यक्ष उप्रेतीले भने, जिल्ला समन्वय समितिले जिल्लाका सबै स्थानीय तहहरुको कानुन निर्माणमा एकरुपता ल्याउनका लागि भुमिका खेलोस, साथै जिससबाट नियमित रुपमा स्थानीय तहहरुको अनुगमनको अपेक्षा गरेको समेत बताए । 

अनुगमनका क्रममा जिल्ला समन्व्य समितिको टोलीले गाउँपालिकाको समग्र अवस्थाका बारेमा जानकारी लिनुका साथै विभिन्न विषयमा छलफल समेत गरेको थियो । छलफलमा गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका विकास निर्माण, सामाजिक, आर्थिक विकासलगायत समग्र अवस्था तथा समस्याका बारेमा गाउँपालिका अध्यक्ष एकराज उप्रेती तथा अन्य कर्मचारीहरुले जानकारी गराएका थिए । अध्यक्ष उप्रेतीले चालु आर्थिक वर्षमा भौतिक प्रगती राम्रो भए पनि कोरोनाका कारण सामाजिक क्षेत्रका कार्यक्रमहरु सबै सम्पन्न गर्न नसकिएको गराए । 

उप्रेतीले चालु आर्थिक वर्षमा केन्द्र सरकारबाट ३४ करोड ४३ लाख, प्रदेश सरकारबाट १ करोड ४७ लाख र आन्तरिक स्रोतबाट १९ करोड ५० लाख आम्दानी भएको जानकारी दिनुभयो । सो मध्ये चालु तर्फ २५ करोड ९२ लाख मध्ये १८ करोड ६२ लाख र पुँजीगत तर्फ ३६ करोड ७ लाख मध्ये १३ करोड ७२ लाख खर्च भएको जानकारी दिनुभयो । त्यस्तै चालु आर्थिक वर्षमा ५ करोड बेरुजु रहेको मध्ये करीब ४ करोड फ¥छ्यौट भईसकेको उनले जानकारी दिए । 

अध्यक्ष उप्रेतीले चालु आर्थिक वर्षमा भौतिक निर्माण तर्फको उपभोक्ता समिति मार्फत ३२२ वटा र ठेक्का मार्फत ४४ वटा योजना रहेकोमा सबै सम्झैता भएको र केही मात्र सम्पन्न हुन बाँकी रहेको जानकारी दिए । उनले चालु आर्थिक वर्षमा आर्थिक विकास तर्फ कृषि क्षेत्रलाई विशेष प्राथमिक्ता दिएर कृषि क्षेत्रमा विभिन्न अनुदान कार्यक्रम, दुधमा अनुदान, विद्यार्थी संख्याको आधारमा अनुदानमा शिक्षकको व्यवस्था, विषधिरहित तरकारी उत्पादन, बालमैत्री स्थानीय तह घोषणा, सामाजिक सुधार ऐन निर्माण गरेर कार्यान्वयन, एकिकृत बोटे बस्ती निर्माण, ३ सय विपन्न परिवारको स्वास्थ्य बीमा, खरको छानामुक्त गाउँपालिका निर्माणलगायतका उपलब्धीमुलक कार्यक्रम संचालन भएको बताए ।

छलफलका क्रममा जिसस प्रमुख खुलालले जनतासंग प्रत्यक्ष जोडिने र नजिकको सरकारको अनुभुति गर्ने गरि काम गर्न सुझाव दिए । उनले मकवानपुर जिल्लाको विशेषताका आधारमा कृषि क्षेत्रमा रोजगार केन्द्रित भएर अगाडी बढ्न आग्रह गरे  । शिक्षा, स्वास्थ्य, रोजगारी, समाजिक क्षेत्रमा जनतासंग जोडिन सक्नुपर्ने बताए  । जिल्ला समन्वय समितिको काम नै स्थानिय तहलाई सवल बनाउन समन्व्य र सहजिकरण गर्ने भएकाले स्थानीय तहको उन्नतीका लागि सदैब समन्वय र सहजिकरणको भुमिका निर्वाह गर्ने बताए । सो क्रममा टोलीले गाउँपालिकाका संचालित विभिन्न भौतिक आयोजनाहरुको स्थलगत अनुगमन समेत गरेको थियो । अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्य गणेश कुमारी प्रधान, समन्वय अधिकारी आनन्दराज पोखरेल, शाखा अधिकृत भीमलाल महर्जनलगायतको सहभागिता थियो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०