nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जिल्लाको पहिचान सकारात्मक बनाउन आग्रह

महिला बालबालिका कार्यालय मकवानपुरकी महिला विकास निरीक्षक दुर्गा घिमिरेले मकवानपुरको पहिचान सकारात्मक बनाउन राजनीतिक दलका अगुवाहरुलाई आग्रह गरेकी छिन् । मकवानपुरलाई मानव बेचविखन, वेश्यावृत्ति, बालबिवाह र लागूपर्दार्थ दुव्र्यशनीको जिल्लाबाट मुक्त गराउन दलका अगुवाहरु चनाखो हुनुपर्ने उनको भनाइ छ । 

सोमबार चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । थाहा नगरपालिकाको  विकास घरमा भएको कार्यक्रममा बोल्दै उनले प्रश्न गरिन्, ‘मकवानपुरजस्तै हावापानी भएको इलामलाई अलैंची, अदुवा, अमृशो आदिले चिनाएजस्तै मकवानपुरलाई पनि राम्रो नामले चिनाउन किन सकिँदैन ?’ पछिल्लो समय मकवानपुर जिल्ला सहकारी विकासको दृष्टिले चिनिन थालेको उनले बताइन् । 

सहकारीलाई बचत र ऋणको कारोबार गर्ने संस्थामात्र नबनाई सामाजिक सुरक्षाको पहरेदारको रुपमा स्थापित गर्न सहकारी सदस्यहरुलाई घिमिरेले आग्रह गरिन् । 
कार्यक्रममा थाहा नगरपालिकाका अनिल लामिछाने, एनेकपा माओवादीका राजिव स्याङ्दान, राप्रपा नेपालका हरेराम कार्की, राष्ट्रिय जनमोर्चाका लक्ष्मण विष्ट, नयाँ शक्ति नेपालका सुजन रायमाझी, पत्रकार कुमार नेगी, पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाका कृष्णबहादुर विष्ट, पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका राजाराम कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए ।  संस्थाकी अध्यक्ष गीता कार्कीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।