Sunday, 30th August, 2026
वि.स.

जात्राको दोस्रो दिन: थाहानगरको इन्द्रायणी मन्दिरमा मुख्य पुँजा

मकवानपुरको थाहानगर स्थित इन्द्रायणी चौरमा तीनवर्षे मेला संचालन भइरहेको दोस्रो दिन २७ मंसीरमा मुख्य पुजा संचालन भएको छ । स्थानीय देउला र नेवार समुदायको ऐतिहासिक सम्बन्ध गाँसिएको किम्वदन्ती रहेको मेला २६ मंसीरबाट लगातार तीन दिनसम्म संचालन हुनेछ ।

मेलाको पहिलो दिन २७ मंसीरमा इन्द्रायणीचौरमा रथ ल्याई राखिएको छ। चौरमा पालुङ शहरको कुमारी, इन्द्रायणी, कुमारी, कालाभैरव, र सेति गणेश तथा गोपाली गाउँको सेती गणेशको रथारोहण गरिएको थियो । २७ मंसीरमा मुख्य पुजा, तेस्रो दिन २८ मंसीरमा रथ उठाउने तान्त्रीक विधि सहितको पुजा हुने गर्दछ ।

२७ मंसीर विहानैबाट बाटो नाप्ने चलन छ । बाटो नाप्ने कार्यलाई मेलाको आकर्षणको रुपमा लिने गरिन्छ । साहसिलो व्यक्तिले यो कार्य गर्न सक्छन् भन्ने विश्वास रँदै आएको छ । बाटो नाप्दै जाँदा इन्द्रायणीको पाउमा नाप्ने ब्यक्तीको शिर पुगे आँटेको कुरा पुरा हुने विश्वास छ ।  यद्यपी नेवार र देउला समुदायले भने यो कार्य गर्दैनन् । यो धार्मिक कार्य अन्य समुदायले मात्र गर्दै आएको जनविश्वास छ । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०