Tuesday, 16th June, 2026
वि.स.

जनप्रतिनिधि र पत्रकारलाई कोरोना संक्रमण

c-test-1590213799.jpg

कपिलवस्तुमा शनिबार थप भएका ८ जना कोरोना संक्रमित मध्ये एकजना जनप्रतिनिधि र एकजना पत्रकार रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार पुष्टि गरेका ३२ जना संक्रमितमध्ये कपिलवस्तुका ८ जना हुन् ।

आठजना संक्रमितमध्ये एकजना ४० वर्षका जनप्रतिनिधि र एकजना २७ वर्षका पत्रकार पनि हुनुहुन्छ’ कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले भने ।

यस्तै कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नं। ३ का अन्य संक्रमितमा १९ वर्षका पुरुष, वडा नं। ८ का २५ बर्षका पुरुष, वडा नं। १० का ३५ वर्षका पुरुष, वडा नं। ११ का ४२ वर्षका पुरुष रहेका छन् ।यस्तै बुद्धभुमि नगरपालिका वडा नं। ४ का १७ वर्षकी युवती र २२ वर्षका पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरुको स्वाब जेठ ४ र ५ गते वाणगङ्गा नगरपालिकाको सिद्धार्थ क्याम्पसबाट संकलन गरिएको थियो । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कोरोना फोकल पर्सन थापाले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०