nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

जनकल्याण उमाविको स्वर्ण महोत्सव भव्य र सभ्य बनाउने संकल्प

मकवानपुरको थाहा नगरपालिकास्थित जनकल्याण उच्च माध्यमिक विद्यालयले स्वर्ण महोत्सवलाई सभ्य र भव्य मनाउने संकल्पसहित तयारी तीव्र पारिएको छ । २०२५ सालमा स्थापना भएको यस विद्यालयले माघ महिनालाई जन्म महिनाका रुपमा मनाउने गरि सप्ताहब्यापी कार्यक्रमको आयोजना गर्दैछ । 

बिद्यालयका प्राचार्य सानोभाइ कार्कीले माघ १५ गते स्वर्ण महोत्सवको उद्घाट गरिने र माघ २१ गते नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा बिशेष कार्यक्रम गरेर समापन गर्ने तयारी भइरहेको बताए । स्वर्ण महोत्सवको तयारी तथा विद्यालयको शैक्षिक सेवा वृद्धि र थप विस्तारवारे काठमाडौंमा भएको कार्यक्रममा प्राचार्य कार्कीले बौद्धिक र नीतिगतसहितका सहयोगका लागि आग्रह समेत गरे ।  
मकवानपुर जिल्लाको उत्तरी क्षेत्रको पहिलो एवं मकवानपुर जिल्लाको तेस्रो माध्यमिक विद्यालयको रुपमा २०२५ सालमा स्थापित यो बिद्यालयले व्याबसायिक शिक्षामा जोड दिँदै कृषि जस्ता प्राविधिक बिषयलाई माध्यामिक तहमै हाल कक्षा ९ र १० मा अध्यापन गराउँदै आएको छ । 

जननेता स्वर्गीय रुपचन्द्र विष्टको सक्रियतामा स्थापना भएको र विष्टले अग्रगामी विधिबाट अध्यापन गराएको भएकाले पनि बिद्यालयले स्थापनाकालदेखि नै व्यवहारिक शिक्षामा जोड दिँदै आएको प्राचार्य कार्कीले बताए । कार्यक्रममा पुर्वसांसद तथा अधिवक्ता रामनारायण बिडारीले व्यवहारिक शिक्षालाई थप व्यवस्थित बनाउन सबैले हातोमालो गर्नुपर्नेमा जोड दिए । 

जकल्याणबाटै एसएसली परीक्षा उतीर्ण गरेका बिडारीले भने ‘बिद्यालयलाई राम्रो बनाउनुपर्छ, प्रगती हुनुपर्छ, वैज्ञानिक बनाउनुपर्छ, जनमुखी हुनुपर्यो भन्नु भन्दा थप प्रावधिक शिक्षा के हुनसक्छ त्यो तत्काल सुरु गर्नुपर्छ ।’थाहा नगरका बौद्धिक वर्गले समेत जनकल्याण उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई भव्य र सभ्य बनाउन सबैकोणबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

सिटिइभिटिका पूर्वसदस्यसचिव रामहरि लामिछानेले विद्यालयले कृषि बिषयमा अध्यापन सुरु गरेर राम्रो गरेको उल्लेख गर्दै प्रशंसा गरे ।  त्यसको प्रभावकारिता कस्तो छ भन्नेतर्फ भने ध्यान दिन नसकिएको टिप्पणी गर्दै उनले भने ‘बिद्यालयले कस्तो जनशक्ति उत्पादन गर्ने हो पहिल्यै प्रष्ट हुनुपर्छ । त्यसका लागि के कस्तो सहयोग गर्नुपर्छ हामी तयार छौँ ।’

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विनोद ढकालले शिक्षालाई सूचना र प्रविधिसंग जोड्नुपर्ने आवश्यक्ता औँल्याए । उनले भने ‘बिद्यालयलाई सूचना र प्रविधिसंग जोड्न सकियो भने शिक्षाको प्रभावकारिता बढ्छ । त्यस्तो सहयोगका लागि हामी सधैँ तयार छौँ ।’ मकवानपुर, धादिङलगायतका आसपासका जिल्लाका बिद्यार्थीहरु अध्ययनरत यस बिद्यालयले सप्ताहव्यापी कार्यक्रम अन्र्तगत छलफल, अन्र्तक्रिया जस्ता कार्यक्रमलाई निरन्तरता पनि दिइरहेको छ । 

यसअघि नै विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा पदाधिकारीहरु, पूर्वविद्यार्थीहरु, अभिभावक र अध्ययनरत विद्यार्थीहरुसंग एक चरणको छलफल सकाएर सप्ताहव्यापी कार्यक्रम तय गरिएको प्राचार्य कार्कीले जानकारी दिए । 

यस्तो छ सप्ताहव्यापी कार्यक्रम :
माघ १५ गते उद्घाटसत्र , पहिलो दिन रक्तदान कार्यक्रम राखिएको छ । ३०० जनाले रक्तदान गर्ने लक्ष्य

माघ १६ गते 
विद्यालयले गरेको योगदान र आगामी चुनौतीबारे अन्र्तक्रिया । 
अन्र्तक्रियामा शिक्षाविद  प्राध्यापक डाक्टर विद्यानाथ कोईरालाले व्यवहारिक शिक्षाको आवश्यक्ताबारे कार्यपत्र प्रस्तुत गर्ने । 
प्रस्तुत कार्यपत्रमाथि छलफल । 

माघ १७ गते 
दौड प्रतियोगिता 

माघ १८ गते 
रुपचन्द्र विष्ट स्मृति थाहा जिल्लास्तरीय भलिवल प्रतियोगिता 
विजेतालाई ५० हजार पुरस्कार
दोस्रो हुनेलाई २५ हजार पुरस्कार

माघ १९ र २० गते 
मकवानपुर जिल्ला स्तरीय भलिवल प्रतियोगिता, कवड्डी 

२१ गते 
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा स्वर्ण महोत्सव विशेष कार्यक्रम 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)