Thursday, 22nd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

जनकल्याणको स्वर्ण महोत्सव शुरु सप्ताह व्यापी कार्यक्रम संचालन

मकवानपुर थाहा नगरका सम्पूर्ण विद्यालयमा महिला मैत्री शौचालय हुन आवश्यक रहेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताएकाछन् । जनकल्याण माविको स्वर्ण महोत्सव तथा  सप्ताहव्यापी कार्यक्रमको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा थाहानगर प्रमुख विष्टले अब सबै विद्यालयमा महिलामैत्री शौचालय हुनु आवश्यक रहेको औल्याए । 

विद्यार्थीमा अनुसाशन हुनु पर्नेमा जोड दिदै अभिभवकले पनि आफ्नो सन्तानको चासो राख्नु पर्ने बताए । विष्टले अभिभावकलाई यस कार्यक्रममा सहभागी भई महोत्सव सफल बनाउन आग्रह गरे । अहिले सबै कामको दोस प्रतिनिधिलाई मात्र दिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे । उनले भने “समाज विकासको लागि सबै उत्तिकै जिम्मेवार हुन आवश्यक छ, जनप्रतिनिधिले मात्र गरेन भन्न हुदैन ।” 

जनकल्याण मावि विद्यालय व्यस्थापन समितिका अध्यक्ष राजीव कुमार स्याङ्तनको सभाध्यक्षता तथा पहिलो यस यल सी उतीर्ण विद्यार्थी किरण बहादुर थापा तथा संस्थापक अध्यक्षका सुपुत्र सुवाष चन्द्र विष्टको विशेष आतिथ्यतामा स्वर्ण महोत्सव सप्ताहव्यापी कार्यक्रम शुभारम्भ भएको हो । 
विद्यालयका प्राचार्य सानोभाई कार्कीले विद्यालयका प्रतिवेदन बुझउदै विद्यालयको भावी योजनाको बारेमा बताए । झलक चन्द्र कोषका संरक्षक तथा विशिष्ट अतिथि सुवास चन्द्र विष्टले विद्यालयमा योगदान गर्नेहरुलाई सम्मान गर्नुपर्ने बताए । अर्का विशिष्ट अतिथि तथा विद्यालयबाट प्रथम यस एल सी दिने किरण बहादुर थापाले तीर्थदास श्रेष्ठको योगदानको चर्चा गरे । त्यसै गरि पूर्व विद्यार्थी जंगली राजकुमार प्रधानले विद्यालयमा रुपचन्द्रको शालिक निर्माण गर्नुपर्ने बताए । 
 



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg