Tuesday, 16th June, 2026
वि.स.

जनकपुरमा अस्पतालबाट कोरोना संक्रमित फरार

corona-1590307405.jpg

 प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनबाट एक कोरोना संक्रमित फरार भएका छन्। संक्रमित अस्पतालबाट भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ ।अस्पतालको आइसोलेसन कक्षमा राखिएका ४० वर्षीय कोरोना संक्रमित आइतबार बिहान भागेका हुन्।

अस्पतालका अनुसार उनी मानसिक रोगी हुन् । यसअघि पनि उनले पटक(पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए । यही क्रममा शनिबार मात्रै उनले अस्पतालको सीसीटीभी क्यामेरा नै फुटाएका थिए ।

संक्रमित फरार भएपछि अहिले जनकपुर क्षेत्रमा त्रास छाएको छ। संक्रमित अस्पतालबाट फरार भएपछि उनको खोजी थालेको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०