Wednesday, 17th June, 2026
वि.स.

जंगली साग खाँदा थाहानगरका एकै परिवारका ५ जना बिरामी

birami-1586355306.jpg

जंगली साग पकाएर खाँदा मकवानपुर थाहा नगरपालिकाका एकै परिवारका ५ जना बिरामी परेका छन् । बिरामी परेका सबै जनाको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको डाक्टर सुबोध चापागाईले बताए ।

थाहा नगरपालिका वडा नम्बर २ फाँटका मैयाँ बस्नेत (७३), निर्मला बस्नेत (४६), गोकुल बस्नेत (५४), शिवकुमार बस्नेत (२४) र स्मृति बस्नेत (१९) बिरामी परेका हुन् । उनीहरुले २६ चैत विहान खानासँगै जंगलबाट ल्याएको दन्दुको साग र जरिङ्गो पकाएर खाएपछि बेहोस भएका थिए ।

बेहोस भएका सबैलाई छिमेकी माधव कार्कीले अटोमा राखेर पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएका थिए । बिरामी परेका गोकुल र निर्मला मैयाँ बस्नेतको छोरा बुहारी हुन् भने शिवकुमार र स्मृति नाति र नातिनी बुहारी हुन् ।

उपचार भइरहेका सबैको अवस्था सुधारोन्मुख भएको डाक्टर चापागाईले बताए । बिरामी परेकाहरुले दन्दु र जरिङ्गोको साग बाहेक नचिनेर अरु नै केही खाएका कारण बिरामी परेको हुन सक्ने डाक्टर चापागाईको अनुमानछ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०