Monday, 15th June, 2026
वि.स.

छाना उडाएका घरलाई मनहरीले जस्तापाता दिने

manaaaaaa-1587533994.jpg

मकवानपुरको मनहरी गाउँपालिकामा हावाहुरीले छाना उडाएका घरलाई गाउँपालिकाले जस्तापाता दिने भएको छ । ५ बैशाखदेखि दिनहुँजसो आइरहेको हावाहुरीले छानो उडाएको घरलाई जस्तापाता दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । 

गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले हावाहुरीले पुरै छानो उडाएको घरलाई २६ गेजको अढाई बण्डल जस्ता दिने र आंशिक रुपमा छानोमा क्षति पुगेको घरलाई डेढ बण्डल जस्ता वितरण गर्ने निर्णय भएको अध्यक्ष उप्रेतीले जानकारी दिए । गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको अध्यक्षतामा रहेको विपद् व्यवस्थापन समितिको बैठकले हावाहुरी पीडितलाई सहयोग गर्ने निर्णय गरेर क्षतिको अवस्थाका बारेमा बुझ्न स्थलगत अवलोकनको कार्य पनि सम्पन्न गरेको बताइएको छ । हावाहुरीका कारण सबैभन्दा बढी ५ नम्बर वडा प्रभावित भएको र अन्य वडाका प्रभावितको पनि लगत संकलनको कार्य भइरहेको गाउँपालिका अध्यक्ष उप्रेतीले बताए । 

यसैबीच हावाहुरीसहितको असिनापानीले पीडित बनेका मनहरी का–५ का स्थानीयलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले त्रिपाल वितरण गरेको छ । रेडक्रस मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपाने नेतृत्वको एक समूहले मनहरी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष शुभराज थिङको उपस्थितिमा ९५ घरलाई वडा कार्यालयमै त्रिपाल वितरण गरेको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०