Monday, 31st August, 2026
वि.स.

छाङरुमा सशस्त्रको भवन निर्माण प्रक्रिया सुरु

police-at-chharung-1590128070.jpg

 दार्चुलाको छाङरुमा बोर्डर आउट पोस्ट (बीओपी) निर्माणका लागि सशस्त्र प्रहरी बलले प्रक्रिया थालेको छ । सरकारले भवन निर्माणका लागि ११ करोड रुपैयाँ बजेट विनियोजना गरिदिएपछि निर्माण प्रक्रिया अघि बढाउन थालिएको हो ।

यसका लागि सशस्त्र प्रहरी बलले बिहीबार बोलपत्र आह्वान गरेको छ । अहिले प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली रहेको छाङरुमा भवन निर्माणपछि एक सय ६० जनाको फौज रहने गुल्म स्थापना गर्ने तयारी सशस्त्र प्रहरीको छ ।

भवन निर्माणका लागि सशस्त्रले सरकारी जग्गा प्राप्त गरिसकेको छ । कालापानी, लिपुलेक क्षेत्रमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेपछि जनआक्रोश सिर्जना भएका बेला सरकारले छाङरुमा सशस्त्र प्रहरीको उपस्थिति कायम गरेको हो ।

यो क्षेत्रसम्म पुग्नका लागि सडक सञ्जालको समेत समस्या छ । नेपाली सेनाको फौज सडकको ट्याक खोल्नलाई घाँटी बगर क्षेत्रमा बिहीबार पुगेको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०