Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

छलफलको निष्कर्षः प्रदेश राजधानी हेटौंडा नै उपयुक्त

मकवानपुर उद्योग वाणिज्य संघमा १५ कार्तिकमा भएको छलफलल प्रदेश ३ को राजधानी हेटौंडानै उपयुक्त” भएको जनाएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित छलफल कार्यक्रममा सहभागिहरुले ३ नं. प्रदेशको राजधानी हेटौंडा उपयुक्त रहेको बताएका हुन् ।

हेटौंडामा ३ नं. प्रदेशको राजधानी राख्न विगतमै राज्यको ठूलो लगानी भइसकेको, मन्त्रालयहरुलाई आवश्यक भौतिक संरचना तथा आवासीय सरकारी भवनहरु पर्याप्त रहेको, संघीय राजधानी काठमाडौं र बीरगंज भन्सार हुदै भारतसम्मको दुरी पनि निकट रहेको, यातायातको सुगमता, अन्य जिल्ला र अन्य प्रदेशसंगको यातायातको सहजता आदी थुप्रै कारणले भविष्यमा समेत समन्वयगर्न अत्यन्तै सहज हुने भएकोले ३ नं. प्रदेशको राजधानी हेटौंडा कायम हु“दा सबैलाई लाभनै हुने दावी सहभागिहरुले गरेका थिए । 

कार्यक्रममा उच्च अदालत पाटन हेटौंडा इजलासका बार अध्यक्ष युवराज ओली, मकवापुर जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष इश्वरी अधिकारी, मकवानपुर अटो मेकानिक एण्ड इन्जिनियरिङ एशोसिएसनका अध्यक्ष आनन्दराम पौडेल, मकवानपुर मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, उपभोक्ता मञ्च नेपालका उपाध्यक्ष कपिल अर्याल, बस्तिपुर जेसिजका अध्यक्ष राममणि बर्तौला, संघका अध्यक्ष कृष्ण कटुवाल र संघका महासचवि प्रमोद सिंह रानाभाटले मन्तव्य व्यक्त गरेका थिए । नेपाल पत्रकार महासंघ, बसामाडी जेसिज, नेपाल अटो ईरिक्सा व्यवसायी संघका प्रतिनिधि, व्यवसायीहरु र मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय कृष्ण कुमार गुप्ता अग्रवाल, गणेश प्रसाद भेटुवाल, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव काव्यमणि अधिकारी, कार्यसमिति सदस्यहरु निलम वैद्य, दिपक उप्रेती, माधव ज्ञवाली, राजाराम कार्की, नरेन्द्र भण्डारी, बालकुमार मल्ल, महिला उद्यमी, व्यवसायीहरुको सहभागिता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)