Monday, 15th June, 2026
वि.स.

चैत २१ सम्म देशभरका अदालत बन्द गर्ने: फुल कोर्टको निर्णय

adalat-1584688217.jpg

चैत २१ गतेसम्म देशभरका सबै अदालत बन्द हुने भएका छन्। शुक्रबार बसेको फुल कोर्टको बैठकले यस्तो निर्णय गरेको हो।यो निर्णयसँगै बन्दीप्रत्यक्षीकरण बाहेकका सबै मुद्दाको सुनुवाइ रोकिने भएको छ।

सर्वोच्चसहित देशभरका अदालतमा कोरोना भाइरसको संक्रमणको जोखिममा रहेको भन्दै वकिलहरुले सुनुवाइ स्थगित गर्न माग गरेपछि आज फुल कोर्टको बैठक बसेको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको नेतृत्वमा बसेको बैठकमा सर्वोच्चका न्यायाधीशहरु सहभागी थिए।

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियन र सर्वोच्च अदालत बार एशोसियनसले पत्र लेखेर प्रधानन्यायाधीश राणालाई सुनुवाइ तत्काल स्थगित गर्न माग गरेका थिए। जिल्ला र उच्च अदालत बार एशोसियसनले पनि बन्दीप्रत्यक्षीकरण बाहेकका सबै मुद्दाको सुनुवाइ रोक्न माग गरेका थिए।

फुल कोर्ट बैठकका लागि सर्वोच्चले आज तोकिएका पेशीहरु यसअघि नै स्थगित गरिसकेको थियो। अदालतको काममा सेवाग्राही र कानुन व्यवसायी जम्मा हुने भीडले कोरोना संक्रमणको खतरा हुने भन्दै कानुन व्यवसायीहरुले पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए। 

सरकारले यसअघि नै २५ जनाभन्दा धेरै मानिस भेला हुने कार्य नर्गन र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरिसकेको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०