nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चैतमास खडेरीमा तुषारोले पालुङकाे आलु भसुक्कै ! [ हेर्नुहोस् फोटो फिचर]

आलु खेतीमा बोटै सुकेर भुसुक्कै भएको छ । मकवानपुर थाहा नगरपालिकाको ठूलोबेसी फाँट र डाँडागाउँ घर्तिखोला क्षेत्रमा सबैभन्दा बढि यो प्रकोप देखिएको छ । 

पालुङका कृषक निरोज प्रधानले भने–’ खेतका गराहरुमा भर्खरै हरियो फिरेको आलुको बोटहरु खण्ड खण्डमा भुतु भुतु मरेको छ, अहिले त झन बोट पत्कर जस्तो सुकोको छ ।’  आलुमा  लागेको यो रोग डढुवा हुनसक्ने अनुमान गरिएको भएपनि चैतमा परेको तुषारोले यस्तो भएको प्रधानले बताए । अहिले पालुङमा किसानको गोड्ने बेला भएको आलु सखाप भएको छ । 

अघिल्लोदिन हरियो भएको आलु भोलिपल्टै खैरो एवं सुकेको देखिन्छ, मौसम चिसो हुनु र चैत्रमा पनि तुषारो परेका कारण आलुमा यस्तो समस्या हुने कृषि प्राविधिकहरु बताउँछन् । ओसिलो वातावरणमा ढुसिको अत्यधिक विकास भई पातको तल्लो सतहमा थोप्ला वरिपरि कपासको घेरा जस्तो देखिन्छ। रोग बढी हुँदै गयो भने पुरै पात सुकेर डढे जस्तो हुन्छ भने अनुकुल वातावरण भइ रह्यो भने पात, काण्ड, डाठ र दानामा समेत संक्रमण हुने कृषि प्रविधिकहरु बताउँछन् । 

हेर्नुहोस् थाहानगरको पालुङको आलुबालीः



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।