nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 13th May, 2024
वि.स.
1000043965-1707579226.jpg

चेतनशील महिला सहकारीको अध्यक्षमा पुनः विष्ट 

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधरण सभाबाट पुनः कविता विष्ट अध्यक्षमा निर्वाचित भएकी छिन् । 

साधारणसभाले उपाध्यक्षमा मेरिना केसी, सचिव प्रतिमा श्रेष्ठ, कोषाध्यक्ष राधिका रायमाझीलाई निर्वाचित गरेको छ भने सदस्यहरुमा राधिका र्काी, सुमित्रा गोपाली, चमेली कार्की, कल्पना विष्ट र रमादेवी गोपाली निर्वाचित भएका छन् । त्यसैगरी लेखा समिति संयोजकमा रुना रायमाझी तथा सदस्यहरुमा शोभा विष्ट र विना विष्ट निर्वाचित भएको निर्वाधन अधिकृत बिमलकुमार ढकालले जानकारी दिए । निर्वाचन समितिमा हरिकृष्ण कार्की र भूमिराज अवस्थी सदस्य थिए ।  

निर्वाचन कार्यक्रममा छमकला बिष्टले अध्यक्षमा, उपाध्यक्षमा किशु रायमाझीले, बिना रायमाझीले कोषाध्यक्षमा र लेखा संयोजकमा गिता कार्कीले उम्मेदवारी दिएको उनीहरुले आफ्नो उमेद्वारी फिर्ता लिएपछि सहमतीमा संचालक समिति चयन भएको हो । 

संस्थाकी अध्यक्ष कविता विष्टको सभाध्यक्षमा भएको कार्यक्रममा थाहा ३ का वडा अध्यक्ष राजेश के.सीको प्रमुख अतिथी रहेका थिए । साधारणसभामा ६० वर्ष नाघेका ४ जना महलिा सदस्यलाई सम्मान गरिएको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)