Saturday, 20th June, 2026
वि.स.

चुनावी तयारी शुरू, थाहानगरमा पनि मतदाता नामावली अध्यावधिक थालियो

nirbachan-aayog-1611847386.jpg

संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहे पनि निर्वाचन आयोग घोषित निर्वाचनको तयारीमा जुटिसकेको छ । आयोगले १५ माघदेखि मतदाता नामावली अद्यावधिक गर्न थालेको छ ।

पुस ५ गतेसम्मम मतदाता नामावलीमा नाम दर्ता भइ त्यसै मितिसम्म १८ वर्ष उमेर पूरा गरेका व्यक्तिको नामावली आयोगले अद्यावधिक गर्न लागेको हो । १५ माघदेखि २१ गतेसम्म ७ सय ५३ वटै स्थानीय तहका केन्द्रमा मतदाता नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ । यो प्रक्रया थाहा नगरपालिकामा पनि शुरू भैसकेको स्थानीय सहयोग समन्वय तथा प्रचार प्रसार समितिका सदस्य सचिव सुनिल लामिछानेले बताए । मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम, २०७७ लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका थाहा नगरमा समिति गठन भएकाे छ ।

प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन तीनवटै तहका सरकारलाई आग्रह गरिएको आयोगका प्रवक्तासमेत रहेका सह–सचिव राजकुमार श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए । यसका लागि आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ३ वटै तहका सरकारलाई १५ बुँदे निर्देशन दिइएको उनले बताए ।

आयोगले निर्देशन गरे अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि प्रदेश र स्थानीय तहलाई परिपत्र गरेको छ । मन्त्रालयले आयोगले भने अनुसार प्रमुख नाम दर्ता अधिकारी तथा सहायक नाम दर्ता अधिकारीलाई आवश्यक सहयोग गर्न पनि निर्देशन दिएको मन्त्रालयका प्रवक्तासमेत रहेका सह–सचिव बसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७’ बमोजिम ‘मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७’ आयोगबाट स्वीकृत भइ पुष २३ गतेदेखि जिल्लास्तरमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी काम सुरु भइसकेको पनि निर्वाचन आयोगले जनाएको छ



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०